स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्ने मन्त्रिपरिषद्‍को निर्णय

स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्ने मन्त्रिपरिषद्‍को निर्णय

काठमाडौं : सरकारले आर्थिक वर्ष २०८०/८१ मा स्थानीय तहलाई बाँकी वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले चालु आर्थिक वर्षमा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण गर्ने निर्णय समेत गरेको मन्त्री शर्माले बताइन् । 

चालु आर्थिक वर्षमा रु ८७ अर्ब ३५ करोड २९ लाख विनियोजन भएकामा बाँकी रकम रु १६ अर्ब ९९ करोड २२ लाख तत्तत् स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय गरिएको छ ।

थप समाचार