ललितपुर : ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ लागि ७ अर्ब ४६ करोड ८३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । सोमबार महानगरको पाँचौं नगरसभा तथा तेस्रो बैठकमा महानगरपालिका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले उक्त रकम बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।
विनियोजित बजेटमध्ये चालूतर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार विनियोजन भएको छ । चालु आर्थिक वर्षका लागि २ अर्ब ४९ करोड ८४ लाख ४२ हजार रुपैयाँ चालू खर्चतर्फ विनियोजन भएको थियो ।
महानगरले चालू वर्षका लागि ६ अर्ब ५० करोड रुपैयाँको बजेट ल्याएको थियो । आगामी वर्षका लागि महानगरले बजेटको आकार १५ प्रतिशतले बढाएको हो ।