प्रतितोला सात सय रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला सात सय रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

थप समाचार