प्रतितोला चार सयले बढ्यो सुन, चाँदीको मूल्य कति  ?

प्रतितोला चार सयले बढ्यो सुन, चाँदीको मूल्य कति  ?

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको ।  त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

थप समाचार