Below Menu
Below Menu

राष्ट्रिय जीवन बीमा कम्पनीले प्रतिहजार ६० रुपैयाँसम्म बोनसदर दिने 

राष्ट्रिय जीवन बीमा कम्पनीले प्रतिहजार ६० रुपैयाँसम्म बोनसदर दिने 

काठमाडौं : राष्ट्रिय जीवन बीमा कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष आव २०६७/६८ देखि आव २०६९/७० सम्मको बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो ।
कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट गत माघ १० गते स्वीकृत गरेको हो ।

प्राधिकरणको स्वीकृत अनुसार कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी (बोनस दिने गरी) जारी गरेको सबै किसिमका बीमालेखहरुमा आव २०८१/८२ को लागि प्रति वर्ष प्रति हजार बीमाङ्कमा ६० बोनस दर कायम गरिएको छ । 

यसका साथै सम्पूर्ण बीमितहरु एवं अन्य सम्बन्धित सबैलाई बोनस दर बीमाङ्कीय मूल्याङ्कनको आधारमा परिवर्तनशिल रहने कम्पनीले जनाएको छ । 
 

Advertisment

थप समाचार