Below Menu
Below Menu

मन्त्रालयद्वारा २३ वटा निर्माण कम्पनीको लाइसेन्स खारेज, कुन– कुन परे ? 

मन्त्रालयद्वारा २३ वटा निर्माण कम्पनीको लाइसेन्स खारेज, कुन– कुन परे ? 

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले २३ निर्माण कम्पनीको २३ वटा निर्माण कम्पनीको लाइसेन्स खारेज गरेको छ । मन्त्रालयको निर्माण व्यवसाय प्रवद्र्धन शाखाले बिहिबार ए सूचना जारी गर्दै समयमा नवीकरण नगरेको भन्दै उक्त कम्पनीको इजाजत खारेज गरेको जानकारी दिएको हो । 

निर्माण व्यवसाय एृेन २०५५ अनुसार कम्पनीहरुले चैत मसान्तसम्म निर्माण व्यवसाय इजाजत नवीकरण गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम उक्त कम्पनीहरुको इजाजतपत्र स्वत खारेज भएको मन्त्रालयले जनाएको छ । 

इजाजत खारेज भएका कम्पनीहरुमा फ्यूचर स्टार कन्स्ट्रक्सन प्रालि, हिमालयन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट, भूमि इन्फ्रास्ट्रक्चर प्रालि, मदन कन्स्ट्रक्सन, असन बालकुमारी कन्स्ट्रक्सन प्रालि, ढोरफिर्दी निर्माण सेवा, दि राईजिन कन्स्ट्रक्सन प्रालि र सिरोहिया कन्स्ट्रक्सन प्रालि रहेका छन् । 

त्यसैगरी त्रिशुल निर्माण सेवा, श्रीजङगा निर्माण सेवा, घण्टेश्वर निर्माण सेवा, नौला मालिका निर्माण सेवा, ठोसे केआर निर्माण सेवा, एभ्रिथिङ्ग सोलुसन कन्स्ट्रक्सन, रुपाली कन्स्ट्रक्सन, रुद्र कुमार कक्षपती निर्माण सेवा र ठाकुर निर्माण सेवा कम्पनी रहेका छन् । 

मन्त्रालयका अनुसार विकन कम्पनी प्रालि, आर कोमल कन्स्ट्रक्सन प्रालि, अमन कन्स्ट्रक्सन कम्पनी, राधाकृष्ण निर्माण सेवा,पवित्र मल्टिपल कन्स्ट्रक्सन प्रालि र फ्लोरिडा कन्स्ट्रक्सन एण्ड सप्लायर्सको पनि इजाजत स्वत खारेज भएको छ ।
 

Advertisment

थप समाचार