Below Menu
Below Menu

क्रेस्ट माइक्रो लाईफद्वारा समृद्धि लघु जीवन बीमा योजना सार्वजनिक

क्रेस्ट माइक्रो लाईफद्वारा समृद्धि लघु जीवन बीमा योजना सार्वजनिक

काठमाडौं : क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडले समृद्धि लघु जीवन बीमा योजना सार्वजनिक गरेको छ ।

लघु बीमाको लक्षित बर्ग गरिव, न्यून आय भएका वर्ग, पिछडिएको क्षेत्रका बासिन्दा तथा सीमान्तीकृत समुदायका विविध इच्छा, चाहनालाई सम्वोधन गरी बीमाको पहुँच विस्तारको लागि समृद्धि लघु जीवन बीमा योजना आज सार्वजनिक गरिएको हो ।

आर्थिक सुरक्षा र सुरक्षणका लागि समृद्धि लघु जीवन बीमा योजनामा सरिक हुनका लागि प्रवेश उमेर न्यूनतम १८ बर्ष देखि अधिकतम ६० बर्ष सम्म रहेको, बीमा अवधि न्यूनतम ५ बर्षदेखि २० बर्ष सम्मको रहेको र बीमाङ्क रकम न्यूनतम १० हजारबाट नै बीमालेख लिन सकिने प्रावधान रहेको छ । 

न्यून बीमाशुल्क रकम, सर्बोत्तम बचत, भरपर्दो लगानी, आयकरमा छुट, आश्रितहरुका लागि भलाई, वृद्धावस्थाको सहारा, बालबच्चाको सुनिश्चित भविष्य, बीमा गर्दा नै भविष्यमा प्राप्त हुने रकमको सुनिश्चितता जस्ता विशेषतायुक्त यस योजना दुर दराजसम्म बीमा साक्षरता अभिबृद्धिमा अहम भूमिका खेल्ने कम्पनीको विश्वास छ ।

बीमाशुल्क बापत न्यून रकम बुझाई बीमालेख खरिद गर्दाको समयमा नै जीवनको सुरक्षणको सुनिश्चितता हुने छ । अधिकतम् परिपक्व भुक्तानी, मृत्यु सुविधा, दुर्घटनाका कारण अशक्तता भएमा बीमाशुल्क छुट सुविधाको सुनिश्चितता हुने छ । 

आश्रित परिवार तथा बालबालिकालाई आर्थिक संकटबाट बच्न तथा उच्च शिक्षा, विवाह, वर्तबन्ध तथा अन्य समाजिक कार्य गर्न आर्थिक टेवा पुग्ने जस्ता कुराहरु यस योजनाको आकर्षणको रुपमा रहेका कम्पनीले जनाएको छ । 
 

Advertisment

थप समाचार