Below Menu
Below Menu

सहकारी समस्याको जड राजनीति: उपप्रधानमन्त्री श्रेष्ठ

सहकारी समस्याको जड राजनीति: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं : उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले सहकारी समस्याको जड राजनीति रहेको बताएका छन् । सहकारी क्षेत्रमा अनुगमन अभाव, गलत गर्ने सहकारीका सञ्चालकहरुलाई दलगत झुकावको आधारमा संरक्षण गर्ने परिपाटी अन्त्य हुनुपर्ने बताए ।

राजनीति सफा नभइ अरु सहकारीका समस्याहरु पनि समाधान नहुने बताउँदै श्रेष्ठले  ‘क्लिन पोलिटिक्स’ नभई मुुलुक नबन्ने दाबी गरे । मुलुकको अर्थतन्त्रमा सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका भएको बताउँदै उनले सहकारीमा देखिएको संकट समाधान गरी यसलाई व्यवस्थित बनाउनुपर्ने आवश्यकतामा जोड दिए ।

‘संविधानमा सहकारी लेखेर मात्र होइन, समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने वा त्यसको आधार तयार गर्ने हो भनेर सहकारीलाई व्यवस्थित नगरी तथा प्रभावकारी नबनाई धरै छैन, सम्भवनै छैन’, उनले भने ।

१०२औं अन्तर्राष्ट्रिय सहकारी दिवस, ३० औं संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवस एवम् ३१औं राष्ट्रिय सहकारी महासंघ दिवसको उपलक्ष्यमा राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको विशेष समारोहमा बोल्दै श्रेष्ठले भने,  ‘सहकारीमा विद्यमान समस्याहरुका सम्बन्धमा सरोकारवालाहरुसँग छलफल गरी समाधान निकाल्न र अभियानलाई सबल बनाउन सरकारमा भएपनि नभएपनि मेरो सकारात्मक भूमिका रहन्छ ।’

समस्याको कोणबाट हेर्दा धेरै सहकारीहरु राम्रोसँग चलिरहेका, केही सहकारीहरु वित्तीय रुपमा स्वस्थ्य र सुशासित भएपनि सदस्यहरु हल्लाको पछि लागेर एकैपटक बचत फिर्ता माग्न जाँदा समस्यामा परेको बताए । 

Advertisment

थप समाचार