सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लाख ४५ हजार ४०० पुग्यो 

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लाख ४५ हजार ४०० पुग्यो 

काठमाडौं : नेपाली बजारमा सुनको मुल्यले नयाँ रेकर्ड कायर गरेको छ । गत जेठ २५ गते शुक्रबार एकैदिन एक हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ४५ हजार रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

थप समाचार