काठमाडौं : गत शुक्रबार रातिदेखि परिरहेको अविरल वर्षाका कारण देशका विभिन्न भूभागमा बाढी र पहिरो गएको छ । बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । बाढीका कारण सप्तकोशी लगायतका ठूला नदीको जलसतह बढ्दै गएको छ । वर्षाका कारण आएको पहिरोले राजमार्गहरू अवरुद्ध भएका छन् ।
अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ । सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् ।


.jpg)






