काठमाडौं : सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले २० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुल्ला गरेको छ । संस्थाले विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि आवेदन नपरेपछि सर्वसाधारणमा सेयर बिक्री प्रकृया अगाडि बढाएको हो ।
संस्थाको शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने जनाइएको छ । कम्पनीको खरिद गर्न इच्छुक सर्वसाधारणहरुले ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी वित्तीय संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी, ललितपुर वा सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड, काठमाडौं, नक्साल, नागपोखरी आईपुग्ने गरी आवेदन पेश गर्नुपर्ने छ ।
Advertisment