Below Menu
Below Menu

नेप्से परिसूचक २१ अंकले बढ्दा ६ अर्ब २९ लाखमा समेटियो कारोबार 

नेप्से परिसूचक २१ अंकले बढ्दा ६ अर्ब २९ लाखमा समेटियो कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो  अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २१.२७ अंकले बढेर २१४०.९७ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से १४.४६ अंकले बढेर २११९.६९ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १५० कम्पनीको शेयरमूल्य बढेको छ । भने ८२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार बढे पनि कारोबार रकममा भने सामान्य घटेको देखिएको छ । आज बजारमा ६ अर्ब २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा ६ अर्ब ४८ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज एनआरएन इन्फ्रास्ट्रचर एण्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २१ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले बढेको हो । आज मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment

थप समाचार