Below Menu
Below Menu

समता घरेलु र मनकामना स्मार्ट लघुवित्तबीच आजदेखि एकीकृत कारोबार शुरु 

समता घरेलु र मनकामना स्मार्ट लघुवित्तबीच आजदेखि एकीकृत कारोबार शुरु 

काठमाडौं : समता घरेलु र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडबीच आजदेखि एकीकृत कारोबार सुरु गरेको छ । एकीकरणपछि समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार सुरु गरेको हो ।

नेपाल राष्ट्र बैंकले असार गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो भने कम्पनी रजिस्ट्रारको कार्यालयले जेठ २९ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो  । 

त्यस्तै नेपाल धितोपत्र बोर्डले असार ९ गते प्राप्ति (एक्विजिशन) सम्बन्धी अन्तिम स्वीकृति  दिएको थियो ।

समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई गाभ्ने/गाभिने सम्झौतामा गत भदौ ७ गते हस्ताक्षर भएको थियो । 

हाल समताको चुक्ता पुँजी ३९ करोड ४१ लाख ५५ हजार रहेको छ भने र मनकामनाको १४ करोड ८४ लाख ७८ हजार रुपैयाँ रहेको छ । 

Advertisment

थप समाचार