आर्थिक मन्दीको असर स्टील उद्योगमा, छ महिनामा सर्वोत्तमको व्यापार साढे दुई अर्ब 

आर्थिक मन्दीको असर स्टील उद्योगमा, छ महिनामा सर्वोत्तमको व्यापार साढे दुई अर्ब 

काठमाडौं : सर्वोत्तम स्टील्स लिमिटेडले चालु आवको ६ महिनामा साढे २ अर्ब व्यापार गरेको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडको तथ्यांक अनुसार यस अवधिमा कम्पनीले २ अर्ब ६३ करोड ३० लाख रुपैयाँ कारोबार गरेको हो ।

सन् २०२३ को तुलनामा भने कम्पनीको व्यापर ५ अर्ब १२ करोड अर्थात ६६.०३ प्रतिशतले घटेको छ । गत वर्ष कम्पनीले ७ अर्ब ७५ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो ।

त्यस्तै, कम्पनीले २०२२ मा ८ अर्ब ९३ करोड ४० लाख रुपैयाँ व्यापार गरेको थियो । पछिल्लो तीन आर्थिक वर्षको तथ्यांक हेर्दा कम्पनीको व्यापार निरन्तर घट्दो क्रममा छ ।

बजारमा देखिएको आर्थिक मन्दी र सरकारको नीतिका कारण समय स्टील कम्पनीहरुको व्यापार खस्किदै गएको हो । 
सर्वोत्तम स्टिलले स्टील बार, तार, बिलेट तथा टिएमटी छडहरुको उत्पादन गर्दै आएको छ । कम्पनीले मुख्यतया भारतबाट पिग आइरन र स्पन्ज आइरन आयात गर्दछ ।

कम्पनीको बिलेट उत्पादन क्षमता प्रति वर्ष २ लाख ६४ हजार मेट्रिक टन रहेको छ । भने टिएमटी छड उत्पादन गर्ने क्षमता २ लाख ३५ हजार मेट्रिक टन छ ।

सौरध ग्रुपको लगानी रहेको सर्वोत्तम स्टिलका अध्यक्ष तथा प्रबन्ध निर्देशक विष्णु प्रसाद न्यौपाने हुन् । सन् २०१७ मा स्थापना भएको सर्वोत्तम स्टिल २०२१ मा पब्लिक कम्पनी लिमिटेडका रुपमा परिणत भएको थियो । 
 

थप समाचार