काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले घटेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार १०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।