काठमाडौं : आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले शेयरधनी र सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी २ लाख ३८ हजार ७५८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २९९ रुपैयाँ तोकिएको छ । संस्थापक शेयरधननीहरुबाट आवेदन नपेपछि सर्वसाधारणका लागि शेयर बिक्रीमा ल्याइएको हो । शेयर खरिद गर्न चाहने लगानीकर्ताले ७ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय बनेमामा आवेदन पेश गर्न सक्नेछन् ।
Advertisment