Below Menu
Below Menu

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?

काठमाडौं : प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट असार २३ स्वीकृत गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितहरुले न्युनतम प्रतिहजार २० रुपैयाँदेखि अधिकतम प्रतिहजार ७० रुपैयाँसम्म बोनसदर पाउनेछन् ।

नयाँ बोनसदर अनुसार सावधिक जीवन बीमालेख योजना न्युनतम प्रतिहजार ३३ रुपैयाँदेखि अधिकतम प्रतिहजार ७० रुपैयाँसम्म बोनस दिने भएको छ । 

त्यस्तै कम्पनीले सावधिक तथा आजिवन बीमालेख योजनामा न्युनतम प्रतिहजार ३५ रुपैयाँदेखि अधिकतम प्रतिहजार ७० रुपैयाँसम्म सम्म बोनसदर कायम गरेको छ ।

नयाँ बोनसदर अनुसार कम्पनीको अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनामा न्युनतम प्रतिहजार २० रुपैयाँदेखि अधिकतम ५१ रुपैयाँसम्म रूपैयाँ बोनसदर रहेको छ । 

कम्पनीको अग्रिम भुक्तानी सावधिक जीवन बीमा (सम्मुन्त इन्नोल) योजनामा न्युनतम प्रतिहजार २० रुपैयाँदेखि अधिकतम २४ रुपैयाँसम्म रूपैयाँ बोनसदर रहेको छ । 

साथै, उक्त बोनसदर अर्को बीमाङकीय मूल्यांकन अनुसार बीमा समितिबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दावीहरुमा समेत सोही बोनसदर लागु हुनेछ ।

उक्त बोनसदर मृत्यु दावी भुक्तानी, पूर्ण वा आंशिक अवधि दावी भुक्तानी, समर्पण मूल्य दावी भुक्तानी, चुुक्ता मूल्य दावी भुक्तानी तथा चालु बीमालेखहरुमा कायम हुने कम्पनीले जनाएको छ ।
 

Advertisment

थप समाचार