काठमाडौं : एक्कर्ड फर्मास्यूटिकल्स लिमिटेडले आजदेखि ३०.९८६ प्रतिशत हकप्रद शेयर बिक्रीमा ल्याएको छ । कम्पनीलेृ साउन २९ गतेसम्म आवेदन दिन सक्ने गरी कम्पनीले उक्त हकप्रद शेयर विक्रीमा ल्याएको हो ।
असार १४ गते सम्पन्न कम्पनीको विशेष साधारण सभाबाट हाल कायम चुक्तापूँजीको आधारमा ३०.९८६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।
सम्बन्धित शेयरधनीहरूले तोकिएको अवधिभित्र हकप्रद शेयर वापत्को रकम बैंक खातामा जम्मा गरी सोको निस्सा सहित आवेदन दिनुपर्नेछ ।
लगानीकर्ताले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडमा कम्पनीको नाममा रहेको खाता नम्बर ०३६०१०४०२६०२२० मा हकप्रद शेयर वापतको रकम जम्मा गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र कम्पनीका संस्थापक शेयरधनीहरूबाट यो हकप्रद शेयर खरीदका लागि आवेदन प्राप्त नभएमा अन्य शेयरधनी व्यक्ति वा निकायहरूलाई यी शेयर बाँडफाँट गरिने जानकारी कम्पनीले दिएको छ ।
Advertisment