एनएलजी इन्स्योरेन्सको एक हजार कित्ता बढी शेयर बिक्रीमा, प्रतिकित्ता ४५० रूपैयाँमै किन्न सकिने 

एनएलजी इन्स्योरेन्सको एक हजार कित्ता बढी शेयर बिक्रीमा, प्रतिकित्ता ४५० रूपैयाँमै किन्न सकिने 

काठमाडौं : एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले १ हजार ६०० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी कम्पनीले शेयर विक्रीमा ल्याएको हो । 

कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४५० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले शयर खरीदको लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार आरविवि मर्चेन्ट बैंकिङ लिमिटको कार्यालय टेकु, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ । 

थप समाचार