Below Menu
Below Menu

नेप्से परिसूचक २३ अंकले बढ्दा पौने ६ अर्बको कारोबार 

नेप्से परिसूचक २३ अंकले बढ्दा पौने ६ अर्बको कारोबार 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २३.२५ अंकले बढेर २१७५.४० बिन्दुमा पुगेको हो । मंगलबार नेप्से १५.७९ अंकले बढेर २१५२.१४ बिन्दुमा ा बन्द भएको थियो ।

आज कारोबारमा आएका १९४ कम्पनीको शेयरमूल्य बढेको छ । भने ४६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार बढेसँगै कारोबार रकम पनि बढेको देखिएको छ । आज बजारमा ५ अर्ब ७४ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा ५ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज हाथवे इन्भेष्मेन्ट नेपाल सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १५ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा बलेफी हाइड्रोपावर रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment

थप समाचार