Below Menu
Below Menu

नेप्सेमा थपियो करिब २२ अर्बको बोनस शेयर 

नेप्सेमा थपियो करिब २२ अर्बको बोनस शेयर 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा करिब २२ खर्ब रुपैयाँ बराबरको बोनस शेयर थपिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार जेठ मसान्तसम्म २१ अर्ब ९८ करोड बराबरको बोनस शेयर सूचीकृत भएको हो । 

चालु आर्थिक वर्षको एघार महिनामा ८६ अर्ब ८१ करोड बराबरको साधारण शेयर, २१ अर्ब १७ करोड बराबरको हकप्रद शेयर र ३ करोड बराबरको एफपीओ गरी कुल रु.१२९ अर्ब ९८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्। 

राष्ट्र बैंकका अनुसार २०८० जेठ मसान्तमा २०४२.०७ रहेको नेप्से सूचकाङ्क २०८१ जेठ मसान्तमा २११२.३० कायम भएको छ । चालु आवको जेठ मसान्तमा धितोपत्र बजार पुँजीकरण ३३ खर्ब ४९ अर्ब ४८ करोड कायम भएको छ । गत वर्षको जेठसम्म बजार पुँजीकरण २९ खर्ब ८६ अर्ब २० करोड रहेको थियो । 

यस अवधिमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २७० पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । 

गत वर्षको जेठमा सूचीकृत कम्पनीहरूको संख्या २५४ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५८.३ प्रतिशत रहेको छ ।

त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १५.० प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.२ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६.७ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.४ प्रतिशत रहेको छ । 

जेठ मसान्तमा सूचीकृत ८ अर्ब ३१ करोड शेयरको चुक्ता मूल्य रु.८२३ अर्ब ३१ करोड रहेको छ । 

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ९ अर्ब ८० करोड बराबरको साधारण शेयर, ६ अर्ब २ करोड बराबरको डिबेन्चर, ५ अर्ब ४६ करोड बराबरको हकप्रद शेयर र४ अर्ब ७० करोड बराबरको म्युचुअल फण्ड गरी कुल २५ अर्ब ९८ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
 

Advertisment

थप समाचार