‘भएको पैसा खर्च गर्न नसक्दा अर्थतन्त्रमा सुधार आएन’

‘भएको पैसा खर्च गर्न नसक्दा अर्थतन्त्रमा सुधार आएन’

नवलपुर : देशमा भएको पैसा खर्च गर्न नसक्दा अर्थतन्त्र सुधार हुन नसकेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । नवलपरासी (बर्दघाट–सुस्तपूर्व) को गैँडाकोटस्थित विजय विकास स्रोत केन्द्रकोे ४६औँ स्थापना दिवसको अवसरमा आज आयोजित ‘सहकारी सुशासनः असल अभ्यास, चुनौती र आगामी बाटो’ विषयक सहकारी संवादमा विज्ञहरूले देशको पुँजीगत बजेट पर्याप्त खर्च नहुँदा अर्थतन्त्र सुधार हुन नसकेकामा चिन्ता व्यक्त गरेका हुन् । 

काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार एवं अर्थशास्त्री प्रा डा अच्युत वाग्लेले पुँजीगत खर्च हुन नसक्नु देश विकासका लागि चुनौतीपूर्ण भएको बताए । “सरकारले बजेटको करिब १८ प्रतिशत रकम विकास खर्च छुट्याउँछ त्यसको पनि बल्लबल्ल ४० प्रतिशत मात्रै खर्च हुन्छ, अर्थतन्त्रको सुधार हुननसक्नुको मुख्य कुरा यही हो”, उनले भने । नागरिकले राज्यसँग आशा गर्न छोडेकाले विदेशीने क्रम निरन्तर बढ्दैगएको भन्नुहुँदै  डा वाग्लेले अब राज्यले आशा जगाउने गरी काम गर्नसक्नुपर्ने बताए । 

संस्थागत विकास एवं सुशासनविज्ञ नम्रता शर्माले साहु महाजन र ढुकुटीजस्ता प्रथामा भित्रिएको विकृतिका कारण अर्थतन्त्रमा समस्या आएको बताइन । आमनागरिकमा वित्तीय साक्षरता नपुग्दा धेरै नागरिक सहकारीमा ठगिन पुगेका पनि उनको भनाइ छ । सहकारीले साँच्चिकै समुदायका लागि काम गरेको छ कि छैन भनेर अध्ययन गर्नुपर्नेमा शर्माले जोड दिइन् । 

थप समाचार