नेपालीको भ्रमण खर्चमा बाहिरियो एघार महिनामा १ खर्ब ७५ अर्ब 

नेपालीको भ्रमण खर्चमा बाहिरियो एघार महिनामा १ खर्ब ७५ अर्ब 

काठमाडौं : चालू आर्थिक वर्ष को एघार महिनामा खुद सेवा आय ५८ अर्ब ६ करोड रुपैयाँले घाटामा देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठ मसान्तसम्म सेवा आयतर्फको खाता उक्त मूल्यले घाटामा देखिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ७७ अर्ब १५ करोड रुपैयाँले घाटामा थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ३३ प्रतिशतले बढेर ७६ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५७ अर्ब ५५ करोड रुपैयाँ थियो ।

यस्तै समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ३४.७ प्रतिशतले बढेर १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय १ खर्ब १७ अर्ब १ करोड छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १ खर्ब ३० अर्ब रहेकामा शिक्षातर्फको व्यय ८९ अर्ब १८ करोड रुपैयाँ थियो ।

थप समाचार