काठमाडौं : सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर सम्वन्धित शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिदिएको छ ।
कम्पनीले १३ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा पठाएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १३ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
कम्पनीका अनुसार गत पुस १५ गतेसम्म शेयर डिम्याट गराएकाहरुको खातामा बोनस शेयर जम्क्मा गरिएको हो । त्यस मितिले पश्चात डिम्याट गर्नेहरुको बोनस शेयर पनि खातामै जम्मा गर्ने तयारी भएको कम्पनीले जनाएको छ।
Advertisment