काठमाडौं : किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाबीच (असार २७ गते) आजदेखि एकीकृत कारोबार भएको छ । एकीकरणपछि मातृभूमि लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार सुरु गरेको हो ।
नेपाल राष्ट्र बैंकले जेठ २९ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो । दुवै संस्थाको गत चैत ९ गते सम्पन्न बेग्ला–बेग्लै साधारण सभाले मर्जरको प्रस्ताव पारित गरेका थिए । जाल्पा सामूदायिक लघुवित्तले १ शेयर र किसान लघुवित्तले ०.८८३४ शेयर प्राप्त गर्ने अर्थात १ः०.८८३४ सेयर स्वाप अनुपातमा मर्जरमा जाने प्रस्ताव पारित भएको थियो ।
यी दुई संस्थाबीच गाभ्नेरगाभिने अन्तिम सम्झौतामा गत चैत १८ गते हस्ताक्षर भएको थियो । बुटवलमा रजिष्टर्ड कार्यालय रहेको जाल्पाको हाल चुक्ता पुँजी १८ करोड २८ लाख रुपैयाँ रहेको छ भने कैलालीको लम्बीचुहामा रजिष्टर्ड कार्यालय रहेको किसान लघुवित्तको चुक्ता पुँजी ४७ करोड १३ लाख ७० हजार रुपैयाँ छ ।
मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय कैलालीको लम्बीचुहामा ४ मा रहने छ ।
Advertisment