सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख ४६ हजार नाघ्यो 

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख ४६ हजार नाघ्यो 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत असार २३ गते आइतबार एकैदिन एक हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ४५ हजार चार सय रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ८०० रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

थप समाचार