सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? 

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत असार २८ गते शुक्रबार एकैदिन १८ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४६ हजार सात सय रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय  रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

थप समाचार