सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख ४७ हजार नाघ्यो 

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख ४७ हजार नाघ्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत असार ३१ गते सोमबार दुई सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४६ हजार नौ सय रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

थप समाचार