काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । साउन १ गते मंगलबार नौं सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४७ हजार आठ सय रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।