यस्तो छ आज सुनचाँदीको मूल्य 

यस्तो छ आज सुनचाँदीको मूल्य 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

थप समाचार