सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा दुई हजारले घट्यो  

सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा दुई हजारले घट्यो  

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

थप समाचार