धरान उपमहानगरले ल्यायो एक अर्ब ८९ करोडको बजेट

धरान उपमहानगरले ल्यायो एक अर्ब ८९ करोडको बजेट

धरान : धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आइतबार १५औँ नगरसभाको वैठकमा उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाले रु एक अर्ब ८९ करोड ४३ लाख ४८ हजार दुई सय ८०को वार्षिक बजेट प्रस्तुत गरे । 

बजेटमा रु ४२ करोड ९७ लाख छ हजार आन्तरिक स्रोत आय अनुमान गरिएको छ । साथै आन्तरिक राजस्वबाट रु ४८ करोड ४१ लाख ३४ हजार दुई ८०, सङ्घीय सरकार अनुदानबाट रु ८९ करोड १९ लाख, प्रदेश सरकार अनुदान छ करोड ४० लाख ६४ हजार सङ्घीय राजस्व बाँडफाँटबाट रु २१ करोड ३४ लाख प्रदेश राजस्व बाँडफाँटबाट रु २४ करोड आठ लाख ५० हजार प्राप्त हुने अनुमान गरिएको छ ।

बजेटमा सहरी योजना तथा भौतिक पूर्वाधार विकासका लागि रु ४५ करोड ८२ लाख २९ हजार, शिक्षा युवा तथा खेलकुदमा रु ४६ करोड २६ लाख ९५ हजार विनियोजन गरिएको छ । स्वास्थ्यमा रु आठ करोड तीन लाख ८४ हजार, सामाजिक विकासमा  रु चार करोड ४१ लाख, आर्थिक विकासमा रु एक करोड ८४ लाख ९४ हजार, वन वातावरण ऊर्जा तथा विपद् व्यवस्थापनमा रु एक करोड ४० लाख, पर्यटनमा ९० लाख ५० हजार विनियोजन गरिएको छ 

साथै सूचना तथा सञ्चारतर्फ रु २५ लाख ५० हजार, कानुन तथा न्याय सम्पादनतर्फ रु १० लाख, सार्वजनिक जग्गा संरक्षणका लागि रु २० लाख, राजश्व परिचालनमा रु २३ लाख, वडा पूर्वाधार निर्माणमा रु २५ करोड ७० लाख  विनियोजन गरिएको छ ।

मेयर भिजन कार्यक्रममा रु पाँच  करोड, उपमेयर भिजन कार्यक्रममा रु तीन करोड विनियोजनका साथै मेयर कोषमा रु एक करोड ८० लाख, उपमेयर कोषमा रु ७५ लाख विनियोजन गरिएको छ ।

थप समाचार