यस्तो छ आज सुनचाँदीको मूल्य 

यस्तो छ आज सुनचाँदीको मूल्य 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

थप समाचार