Below Menu

करिब १६ खर्बको आयात हुँदा, डेढ खर्बको निर्यात, व्यापार घाटा १४ खर्ब नाघ्यो 

करिब १६ खर्बको आयात हुँदा, डेढ खर्बको निर्यात, व्यापार घाटा १४ खर्ब नाघ्यो 

काठमाडौं : एक वर्षमा नेपालले १ खर्ब बढीको व्यापार घाटा व्यहोरेको छ । नेपालको वैदेशिक व्यापार निरन्तर खुम्चिदै गएको भन्सार विभागको तथ्यांकले देखाएको हो ।

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा मुलुकले १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो ।

अघिल्लो वर्षको तुलनामा व्यापार घाटा ०.९६ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा नेपालले १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो । 

आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म नेपालले १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जबकी अघिल्लो आवको सोही अवधिमा १७ खर्ब ६८ अर्ब ८७ करोड २७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।   

यस अवधिमा आयात र निर्यात दुवै घटेको छ । असार मसान्तसम्म आयात १.१६ प्रतिशत र निर्यात ३.०३ प्रतिशतले घटेको हो । गत वर्ष नेपालले करिब १६ खर्ब  खर्र्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरकेो छ ।

विभागका अनुसार यस अवधिमा १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको हो । अघिल्लो वर्षको सोही अवधिमा १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

यस अवधिमा एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । अघिल्लो वर्ष एक खर्ब ५७ अर्ब १४ करोड ६ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात भएको थियो । 
 

थप समाचार