काठमाडौं : २०७२ सालमै संविधानले चिनेको सहकारी क्षेत्रलाई २०८० साल आइपुग्दा समेत प्रविधिले ‘प्रब्लम’ रहित ढंगले चिन्न सकेन । सहकारीमा प्रविधि जहिल्यै बहसमा रहँदै आयो । प्रविधिको नाममा बजारमा पाइने छ्यापछ्याप्ती सफ्टवेयरहरुले सहकारीहरुले खोजेको वित्तीय विवरण अनि अन्य संस्थागत आवश्यकताका ‘अन्यालिटिकल’ रिपोर्टहरु दिन सकेनन् ।
तिनमा ‘नियतवश’ उपलब्ध छिद्रहरुका कारण सहकारीको वित्तीय सुशासनमाथि लेखापरिक्षकहरु, नियामक निकाय अनि सरोकारवालाहरुबाट बारम्बार अनेकन प्रश्न उठाइए । सहकारीहरुको वित्तीय कारोबार बढ्दै जाँदा स्वाभाविक रुपमा समस्याहरु पनि बढ्दै गए ।
कुनै पनि मुलुकको लागि संविधान सर्वोच्च अनि मूल कानून हो । संविधानमा कुनै पनि विषयको प्रविष्टि आफैमा गौरबको विषय हो । राज्यको स्वीकारोक्ति अनि महत्वको सर्वस्वीकार्यता हो । यद्यपि, मुलुकको आर्थिक विकासका लागि नभइ नहुने भनेर मान्यता प्राप्त सहकारी क्षेत्रले प्रविधिमा समयानुकूल फड्को मार्दै सबै वर्ग र समुदाय अनि अन्तर्राष्ट्रिय परिवेशलाई आत्मसात गर्न भने सक्तै सकेन ।
संख्यात्मक रुपमा धेरै तर पुँजीको स्रोत भने ती सहकारीहरुमा छरिएर रहेका कारण प्रविधिकरणको दृष्टिले माइक्रोदेखि मेगा सहकारीका सबै खाले आवश्यकता र त्यो पनि एकीकृत रुपमा उपलब्ध गराउने आँट कसैले गर्न सकेको थिएन । यी यावत् विषयमाथि २०७७ सालमा वैज्ञानिक अध्ययन गराइ समस्याहरुको एकमुष्ट सम्बोधन गर्ने गरी स्रोत सामथ्र्य र सम्भावना समेत भएको देशभरका वित्तीय सहकारीहरुको एकमात्र केन्द्रीय छाता संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले २०७८ सालबाट काम सालमा अघि बढायो । अनि, २०७९ कात्तिक २६ गते काठमाडौंको नयाँ बानेश्वरमा एउटा कार्यक्रम राखी सफ्ट लञ्च गर्यो मिरा इआरपी ।
सहकारी बजार तरंगित गर्ने गरी ठूलो लगानी, ठूलै महत्वाकांक्षा अनि ठूलै योजना गरेर ल्याइएको मिराले ‘सन्तान जन्मनु कहिले, कोक्रो बुन्नु अहिले’ भनेझै काम सकिनुअघि नै आफ्नो कार्यकालमा उद्घाटन चाहि गरेर जस लिइहालुँ भन्ने मनसाय राख्दा धेरै ‘बाडुली’हरु सामना गर्नुपर्यो । त्यसको कारण थियो, संघको आसन्न निर्वाचन ।
निर्वाचनको क्षेप्यास्त्रको रुपमा रणनीतिक चाल (स्ट्रयाटेजिक मुभ) थयो त्यो । तर, त्यसले उल्टै आफैलाई आक्रमण गर्यो । जेहोस्, अनेकन उल्झन, बल्झन र अड्चन भोग्दै नयाँ वर्ष २०८१ लागेपछि आशाको नयाँ किरण देखापर्दै आएको छ । धेरै मोडिफिकेशन पछि अब भने मिराले वास्तवमै सदस्य संघ संस्थाहरुको आवश्यकता सम्बोधन गर्ने गरी राजमार्ग निर्माण गर्दै रफ्तार लिन थालेको छ ।
कहाँ पुग्यो काम ? कहिले सकिन्छ ?
इआरपी निर्माण कम्पनी नियोसिस टेक्नोलोजी प्रा.लिका प्रमुख प्रविधि अधिकृत मनोज तिवारीका अनुसार हाल बजारमा ५ वटा मोड्युल उपलब्ध छन् । अहिले सदस्य तथा शेयर व्यवस्थापन, बचत तथा ऋणको कारोबारका लागि कोर बैंकिङ, कोर अकाउन्टिङ, अल्टरनेटिभ च्यानल अन्र्तगत मोवाईल तथा इ-बैंकिङ, एसएमएस बैंकिङ सेवा आदि उपलब्ध छन् ।
अब मीरामा एचआर म्यानेजमेन्ट, फिक्स एसेट म्यानेजमेन्ट, डक्कुमेन्ट म्यानेजमेन्ट, बिजनेश प्रोसेस म्यानेजमेन्ट, कम्प्लाएन्स म्यानेजमेन्ट, विजनेश इन्टलिजेन्स जस्ता मोड्युलहरु थप्न काम गरिरहेका छौं । यस्तै अर्को चरणमा नेफ्स्कूनका लागि सदस्य संस्थाहरुको सुपरभिजन, उनीहरुले संचालन गरिएका क्वालिटी एस्युरेन्स कार्यक्रममा रिपोटिङ तथा मनिटरिङ सेवाका लागि समेत काम गरिरहेका छौं ।’ सबै मोड्युल बनिसकेपछि फुलफ्लेज इआरपी बन्छ ।
पछिल्लो समय प्रविधिको विषयलाई बिशेष प्राथमिकताका साथ हेर्दै आएका फोकल पर्सन नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीले भने, ‘हाम्रो यात्रा लामो छ । धेरै मोड्युलहरुमा काम गर्ने योजनाहरु छन् । हामी यसलाई विप्रेषण, इस्योरेन्स, भुक्तानी फछ्र्यौट केन्द्रीय तथ्यांक प्रणाली बनाउन चाहन्छौं । स्तरीकरण कार्यक्रमको लाइभ मनिटरिङ गर्न चाहन्छौं, स्थिरीकरण कोषमार्फत संस्थाहरुलाई रेस्क्यु गर्न चाहान्छौं, त्यसका लागि आवश्यक मोड्युलहरु पनि मीरामा आगामी ६ महिनाभित्र पुरा गर्ने योजनामा छौं ।’
उनका अनुसार संघले बनाएको मार्गचित्र अनुसार केही समय अघि नै सम्पूर्ण काम सकिनुपर्ने हो । तर ढिलाइ भएकै हो । कोभिड-१९ को महामारी र अन्तर्राष्ट्रिय परिस्थितिका कारण विश्व अर्थतन्त्र असन्तुलित भयो । यी सबै प्रतिकूलताले सहकारी संस्थाहरुमा तरलता अभाव भयो । काममा बाधा पुग्यो । कतिपय विश्वस्तरीय आइएसओ ब्राण्ड लिनुपर्ने, उपकरणहरु आयात गर्नुपर्ने काम प्रभावित भए । जसका कारण निर्धारण गरेको लक्ष्यभन्दा १७-१८ महिनाको पछाडि परेको उनले स्वीकारे । तर, अहिले बजारमा संस्थाले प्रयोग गरेका सफ्टवेयरमा जे प्राप्त छन्, मीरामा पनि ति सबै कम्प्लिट रहेको उनको दाबी छ ।
महासचिव अधिकारी भन्छन्, ‘आज नेफ्स्कूनका ५ हजार प्रत्यक्ष सदस्य छन् । हामी ती सबैको अभिभावकत्व ग्रहण गर्छौं । आगामी पुस मसान्तसम्ममा मीरा इआरपीका सबै मोड्युल पुरा हुने अवस्थासम्म हाम्रा सदस्य संस्थाहरु यसमा आउने अवस्था बन्छ । आफ्नो प्रयत्नबाट परिवारका सबैलाई यसमा आवद्ध गराउने ढंगले लागिरेहका छौं । तर, यो ट्रयाकमा सबै संस्थाहरु म्यानेज गर्न केही नीतिगत र कार्यविधि भने आवश्यक देखिन्छ ।’
उनी थप्छन्, ‘हामीले अहिले अफलाईन मनिटरिङ सुरु गरिसकेका छौं । त्यसको लागि सिंगो अभियानलाई नेटवर्क म्यानजमेन्टमा ल्याउन चाहान्छौं । संघ/संस्थाहरु सहजताका साथ यो प्लेटफर्ममा आउनुपर्छ । अहिले १८-२० वटा संघहरु आएका छन् । सबै संघहरुको आफ्नो कानुनी अस्तित्व छ तर व्यक्ति पहिचाहनका हिसावले वित्त प्रणाली र तथ्यांक प्रणालीमा एकाकार हुनुपर्छ ।’
तिवारीका अनुसार कम्पनीले बजार प्रतिनिधिका लागि एमआर कलेक्टर एप्स बनाएको छ । तर, बजारमा ट्याबलेट बैंकिङ भनेर सफ्टवेयर भन्दा पनि ट्यावलेट बेच्नेहरु छ्यापछ्याप्ती छन् । उनले थपे ‘तर, हामीले एन्ड्रोइड मोवाईल र कप्युटरमा चलाउन मिल्ने गरी एप्लिकेसन बनाएका छौं ।’
के हो मिरा इआरपी ?
इआरपी भन्नाले कुनै पनि व्यवसाय भित्रका कोर बैंकिङ प्रणाली, सफ्टवेयर, मानव संशाधन, हाजिरी व्यवस्थापन, वित्तीय प्रतिवेदन, कारोबार, वित्त व्यवस्थापन, बिक्री तथा बजारीकरण, लेखा प्रणाली आदि सबै अंग, क्षेत्र तथा क्रियाकलापहरुहरुलाई प्रविधिको माध्यमबाट एकीकृत रुपमा व्यवस्थापन गर्ने प्रक्रिया बुझिन्छ । नेफ्स्कूनले सोही कारण मिरालाई ‘कम्प्लिट सोलुशन’ भनेको हो र त्यही रुपमा प्रस्तुत गरेको हो ।
यो ‘क्लाउड बेस्ड’ इआरपी प्रणाली हो । जिमेल, फेसबुक जस्तै एप्लिकेसन सर्भिसका रुपमा यसको प्रयोग गर्न सकिन्छ । इन्टरनेट उपलब्ध रहेको सामान्य डिभाइसमा नै यो चलाउन सकिने भएकाले यसको प्रयोका लागि सहकारी संस्थाहरुले पूर्वाधार निर्माण र जडानमा ठूलो लगानी तथा धेरै समय खर्चनु पर्दैन ।
यसको प्रयोग गर्दा संस्थाहरुले सर्भर, इन्फास्टक्चर, सेक्युरिटी, ब्याकअप प्रोसेसर, डिजास्टर रिकोभरी सेन्टर जस्ता प्राविधिक पूर्वाधारका लागि कुनै तनाव लिनु पर्दैन । सबै सुविधाहरु मीरा इआरपी मै उपलब्ध छ । सामान्य दैनिक काम गर्ने कर्मचारीबाट सेवा संचालन गर्न सकिन्छ ।
यो पूर्णतः ‘सास’ टेक्नोलोजी हो । प्रोपर सास हुनका लागि क्लाउडमा मल्टिटेनान्डको व्यवस्था हुनुपर्छ । यसमा एउटा सहकारीको डेटाबेसले अर्को सहकारीको डेटाबेस चिन्नु हुँदैन । बजारमा आजको दिनमा धेरै कम्पनीहरुले भिपिएन बेच्ने, ब्याकपका लागि अर्को मेसिन लिएर गर्ने र छुट्टै शुल्क लिने गरेको पनि पाइन्छ ।
तर, यसले प्रोपर सास नै प्रयोग गरेको छ । प्रविधि प्रयोग मल्टीटेनान्ड हुनुपर्छ, सिङगल एप्लिकेशन स्टार्ट हुनुपर्छ । कुनै नयाँ सहकारी मीरा इआरपीमा आउने वित्तीकै नयाँ सिस्टम, नयाँ मेसिन किन्नुपर्दैन । भएकोमा नै साइनअप गरेर तुरुन्तै सिस्टम डेलिभरी गर्न सक्छौं । त्यो हिसावले मिरा प्रोपर सास प्रोभाइडर हो ।
कतिको सुरक्षित छ ?
सुरक्षाको पाटोमा दुई मुख्य विषय पर्दछन् । एउटा भनेको साइबर सुरक्षा अर्को भनेको कानूनी प्रत्याभूति । दुबै विषय अत्यन्त संवदेशनशील छन् । जहाँसम्म पहिलो सुरक्षाको विषय छ, मीरा इआरपी अत्यन्त संवेदनशील भएको उसको दाबी छ । प्राविधिक पूर्वाधारमा बैंकहरु जता र जसरी अघि बढिरहेका छन् यो पनि त्यही दिशामा त्यसरी नै अघि बढिरहेको उसको भनाइ छ । सर्भर इन्फास्टक्चरमा यसले राम्रै खर्च गरेको छ । त्यसैले सर्भर, एप्लीकेसनमा कुनै समस्या आउँदैन ।
रारा डिजिटल ल्याब्सका अध्यक्ष मनोज घिमिरे भन्छन्, ‘आर्किटेक्चर वाइज हामी वाणिज्य बैंकहरुको बाटोमा छौं । अर्को सुरक्षामा पनि आजको दिनमा बैंकिङ रिफ्रेरेन्सन लिएर थ्रि लेयर अफ सेक्युरिटी कायम गरेका छौं । यस्तो चिजमा आज पनि सबै बाणिज्य बैंकले लगानी गरिसकेका छैनन् । तर, हामीले सुरुदेखि नै लगानी गरिसकेका छौं । एकपटक लाइभ गएर सिस्टम सुरु भएपछि यस्ता परिवर्तन गर्न ग्राहो हुन्छ भनेर पहिल्यै ठूलो लगानी गरेका छौं ।’
उनले अगाडि भने, ‘धेरै वटा सहकारीहरु जोडेपछि बाणिज्य बैंकको भन्दा ठूलो कारोबार हुने भएकाले सुरक्षाको पाटोमा पनि बाणिज्य बैंक सरह नै हुनुपर्छ भन्ने हो । मीरा इआरपीमा संचालन गर्न धेरै इन्टरनेट पनि खर्च हुँदैन । न्यूनतम इन्टरनेट मात्र भए पुग्छ । दार्चुला, अछाम जस्ता आइएसपी नपुगेको ठाउँमा सहकारीहरुले फोरजीबाट काम गरिहनु भएको छ ।’
त्यस्तै, कानूनी सुरक्षाको अर्को उत्तिकै गहन विषय छ ।
नेफ्स्कूनका महासचिव अधिकारी तर्क गर्छन्, ‘नेपालको सहकारी संस्थाहरुलाई व्यवसायिकतातर्फ जानका लागि कानुनले केही निर्देशन गरेको छ । कानुनमा भएको विशिष्टकृत संघको मोडल पनि हेरिरहेका छौं । त्यसमा २५ ओटा संस्थाहरु मिलेर काम गर्न सक्ने भएपनि त्यसभित्र लगानीका लागि केही अप्ठ्यारा पाटो पनि छन् ।
सहकारी क्षेत्र व्यवसायिकतामा नलाग्ने त ? खाली बचत उठाउने र ऋण लगानीको मात्र काम गर्ने हो त ? अहिले मीरा इआरपीमा लगानी गर्न कानुनी हिसावले पनि अध्ययन गरेका छौं । यसको अपनत्व केन्द्रीय संघले लिन चाहन्छ, भोली तलमाथि भयो भने संघले जिम्मा लिन्छ ।’
अर्को महत्वपूर्ण विषय भनेको अन्य सदस्य संघ संस्थामा लानु अघि नेफ्स्कून आफैले यसको पाइलटिङ गरेको छ । २ आर्थिक वर्षदेखि नेफ्स्कून केन्द्रीय कार्यालयदेखि देशै भरका शाखा कार्यालयहरुले मिरा इआरपीनै प्रयोग गर्दै आएका छन् । महासचिव अधिकारी प्रश्न गर्छन्, ‘सुरक्षा र विश्वसनीयताको दृष्टिकोणले यो भन्दा अर्को प्रत्याभूति के हुन सक्छ र ?’
हिजो अस्तिसम्म सहकारीले कसरी एटिएम चलाउँछ भन्थे, आज आएर ६०-७० ओटा संस्थाहरुले एटिएम संचालन गर्छन् । सफ्टवेयरका क्षेत्रमा सहकारीलाई कम्प्लिट सोलुसन आवश्यक छ । यसका लागि बैधानिक कानुनी प्रक्रिया पुरा गरेर काम गरेको नेफ्स्कून र नियोसिस दुबैको दाबी छ ।
अर्को भनेको, अघिल्लो आर्थिक वर्षको नेफ्स्कूनको बाह्य लेखापरिक्षण प्रतिवेदनमा संघको मिरा इआरपीको लगानी जोखिममा रहेको देखाइएको थियो । यसले पनि सदस्य संघ संस्थाहरुलाई यो सुरक्षित, भरपर्दो र विश्वसनीय छैन भन्ने आशंका भयो । अघिल्लो साधारण सभामा सदस्यहरुले प्रश्नहरु बर्षाए । सञ्चारमाध्यमहरुले पनि यो विषय उठाए । तर, कुरो त्यसो नभएको दाबी नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल गर्छन ।
उनी भन्छन्, ‘नेफ्स्कूनले २०८० जेठ १३ गतेदेखि आफ्नो कारोबार मीरा इआरपीमा माइग्रेसन गरेको हो । यो प्लेटफर्म ‘अनगोइङ डेभलमपेन्ट प्रोसेस’ मा भएकाले असारमा खाताबन्दी गर्न केही प्राविधिक समस्या देखिएको थियो । पहिला यसलाई आफै प्रयोग गरौं अनिमात्र बाहिर लैजाने योजना साथ प्रयोग गर्यौं ।’
तर, त्यसबेला देखिएका त्रुटिका आधारमा लेखा सुपरिवेक्षण समिति र लेखापरिक्षकले उठाएका कतिपय कैफियतलाई अस्विकार गर्ने अवस्था पनि छैन । त्यति बेला सामान्य कोर बैंकिङ सिस्टम पनि पुरा भएको थिएन । त्यसैले लेखापरिक्षणमा जे देखियो त्यही लेखियो । अहिले यो बन्दैन कि, लगानी डुब्छ कि भन्ने अवस्था छैन । साढे २ सयको हाराहारीमा संस्थाहरु यसमा आइसकेपछि यसले आम्दानी गर्ने अवस्था भइसकेको छ । ‘हामीले पनि लगानीमा हुने क्षतिको बारेमा पल-पल ख्याल गरेका छौं । हामीले सदस्यको पैसा परिचालन गरेका छौं यसबाट नेफ्स्कूनलाई थप ब्ययभार पर्छ कि भनेर ख्याल गरिरहेका छौं’,उनले थपे ।
नेपालको दृष्टिकोणमा सहकारी अभियान भित्र यो युगान्तकारी मोडल पनि बन्ने नेफ्स्कूनका महासचिव अधिकारीले दाबी गरे । उनले आशा जगाए, ‘यो मोडलमा इआरपी मात्र होइन, भोली विश्वविद्यालय पनि चलाउन सकिन्छ । वित्तीय क्षेत्र व्यवस्थित रुपमा कसरी अघि बढाउने भनेर सरकारलाई सुझाव दिन सक्छौं । त्यसका लागि हाम्रा डकुमेन्ट केन्द्रीय रुपमा एकै ठाउँबाट विकास गर्न सकिन्छ ।’
लागत कति लाग्छ ?
नेफ्स्कूनले रारा डिजिटल ल्यावसँगको सहकार्यमा मीरा इआरपी विकास गरी सदस्य संस्थाहरुलाई उपलब्ध गराइरहेको छ । मीरा इआरपीलाई नियोसीस टेक्नोलोजी प्रा.लि.ले विकास गरेको हो । नियोसीस टेक्नोलोजीमा नेफ्स्कूनको ६० प्रतिशत र रारा डिजिटल ल्याब्स प्रा.लि.को ४० प्रतिशत लगानी छ । मीरा इआरपीको कुल लागत २० करोड रुपैयाँ रहेको छ । नेफ्स्कूनले हालसम्म ८ करोड रुपैयाँ हाराहारी भुक्तानी गरिसकेको छ ।
प्रविधिका विषयमा अपनत्व लिनुपर्ने तर शतप्रतिशत आफ्नो क्षेत्र नभएकाले नेफ्स्कूनमा अलमल थियो । त्यसैले यसलाई साझेदारी मोडलमा अघि बढाइएको हो । त्यसका लागि आइटी डेभलपर कम्पनीसँग साझेदारी गर्ने र उसलाई पनि स्वामित्व दिने सम्झौता भएको हो ।
लागत महंगो भयो भन्ने संघ संस्थाहरुको प्रश्नमा नेफ्स्कूनका महासचिव अधिकारी प्रतिवाद गर्छन, ‘यो सफ्टवेयरको मात्र कुरा हो भने ४-५ करोड रुपैयाँमा बन्थ्यो । निरन्तर विकास गर्ने मोडलबाट बनाइरहेको इन्टरप्राइजेज रिसोर्स प्लानिङ हो । यसमा विश्व अभ्यास जे नयाँ परिवर्तन आएको छ त्यसलाई समेट्ने योजना सहित अघि बढिरहेका छौं । हामीले सहकारी अभियानलाई शिरमा राखेर यसमा लाग्ने लागतलाई सोच विचार गरेका छौं । त्यही भएर अलि महंगो जस्तो देखिएको हो ।’
सदस्यहरुलाई आर्थिक भार कति पर्छ ?
हाल बजार धेरै थरीका सहकारी सफ्टवेरहरु छन् । न्युनतम ३० हजारदेखि ४/५ लाख रुपैयाँ पर्ने सफ्टवेहरु छन् । वार्षिक विभिन्न शुल्कहरु समेत लिने गर्दछन् ।
मिरा सरल र भरपर्दो छ । न्यूनतम २ जना प्रयोगकर्ताका लागि वार्षिक १६ हजार शुल्क ठूलो व्ययभार पनि होइन । यो प्रयोग गर्दै जाँदा संस्थालाई पनि आम्दानी हुने भएकाले सित्तैमा प्रयोग गरेजस्तो हुन्छ । सदस्यले पनि सहज रुपमा सेवा पाउने, संस्था र संघलाई पनि आम्दानी हुने गरी बनाइएको नियोसिसको भनाइ छ ।
सफ्टवेयर इन्सटेसनको को छुट्टै शुल्क लाग्दैन । त्यसैगरी छुट्टै सफ्टवेयर पुर्वाधार जस्तै फायरवाल, स्वीच, राउटर, सर्भर कम्प्युटर आवश्यक पर्दैन भने नयाँ फिचरहरु थप हुँदा पनि छुट्टै शुल्क लाग्दैन । पुरानो संस्थाको डाटा मिरामा सार्ने अर्थात माइग्रेसनको शुल्क पनि लाग्दैन । त्यसैगरी क्लाउडको निशुल्क सुविधा उपयोग गर्न पाइन्छ भने डाटा ब्याकअपको पनि शुल्क लाग्दैन । सुरक्षित, गोपनियता, तथ्यांक भण्डारण र डाटा सुरक्षाको लागि अन्य कुनै शुल्क नलाग्ने भएकोले यो सफ्टवेयर धेरै नै सस्तो र सुलभ रहेको व्यवस्थापन प्रमुख न्यौपानेले जानकारी दिए ।
किन मिरा इआरपी नै ?
लामो समय सहकारी संस्थाहरुको व्यवस्थापनको अनुभव बटुली हाल नियोसिस टेक्नोलोजीका व्यवस्थापन प्रमुख कवि न्यौपाने भन्छन्, ‘सबै संघ संस्थाहरुमा काम गर्दा अलगअलग सफ्टवेयरहरु प्रयोगको मौका मिल्यो । ती सफ्टवेयरहरुबाट सहकारीका संस्थाका सबै आवश्यकतााहरु पुरा भएनन् ।
संस्थाले आफ्नो आवश्यकता अनुसार अलग अलग सफ्टवेयर चलाउनुपर्ने बाध्यता थियो । यो महंगो पनि थियो । त्यसैले संस्थाहरुका सबै आवश्यकतालाई एउटै सफ्टवेयरबाट परिपूर्तिको लक्ष्यका साथ सास (सफ्टवेयर एज अ सर्भिस) मोडलमा मीरा इआरपी निर्माण भएको हो ।’
बजारमा धेरै सफ्टवेयर भएपनि संस्थाहरुमा कस्तो सफ्टवेयर प्रयोग गर्ने भन्ने अलमल छ । सफ्ट्वेयरका ससाना समस्याले पनि सहकारी संस्थाहरुले हैरानी खेपिरहेका छन् । त्यसैले अबको आवश्यकता भनेको सास मोडेलको इआरपी सफ्टवेयर नै हो । सहकारीहरु सास मोडलकै सफ्टवेयरहरुमा जानुपर्ने निष्कर्षमा पुगेका छन् । आधारभूत प्राविधिक ज्ञान, सामान्य उपकरणको प्रयोग र थोरै समय खर्चेर यो सफ्टवेयर प्रयोग गर्न सकिन्छ । यसले समय र लागत पनि घटाउछ र सहकारीको सेवा प्रवाहलाई चुस्त बनाउँछ । सहकारीहरुको लक्ष्य प्राप्तिका लागि पनि यो सहयोगी हुन्छ ।
नेफ्स्कूनका महासचिव घनश्याम अधिकारी भन्छन्, ‘नेफ्स्कून आफैले साझेदारीमा नेकोस प्लस बनाएर सदस्यमाझ गएका हो । केन्द्रीय संघको उद्देश्य एकद्धार प्रणाली बनाएर सदस्य संस्थाहरुको तथ्यांक व्यवस्थित गर्ने पनि हो । तर पहिलाको सफ्टवेयरमार्फत वित्तीय सहकारी संस्थाहरुको आवश्यक्तालाई सम्बोधन गर्न सकिएन । त्यसकारण हामीले यसबारेमा स्वतन्त्र परामर्शदाता मार्फत अध्ययन गरायौं ।’
अन्तर्राष्ट्रिय अभ्यास र नेपालका सहकारीहरुको दिगो विकासका आधारहरुका बारेमा गहिरिएर अध्ययन गर्दा यसको कम्प्लिट सोलुसन खोज्नुपर्ने देखियो । भुक्तानी फस्र्यौट, केन्द्रीय तथ्यांक प्रणाली, केन्द्रीय वित्त प्रणाली व्यवस्थापन विगतमा विकास भएका प्रविधिबाट सम्भव भएन ।
कसरी गर्छ मिराले काम ?
अहिले सहकारी संस्थाहरुले धेरै कुरा जुटाएर सफट्वेयर संचालन गरेका छन् । सफ्टवेयर प्रयोग गर्न सर्भर कम्प्युटर, मंहगामहंगा ‘इन्सटलेसन’ गर्नुपर्ने सफ्टवेयरहरु तथा उपकरणहरु किन्नुपर्ने बाध्यता उनीहरुलाई छ । फेरि त्यो प्रविधि प्रयोग गर्न दक्ष प्राविधिक जनशक्ति पनि आवश्यक पर्छ । सर्भर म्यानेजमेन्ट गर्न आइटीको जनशक्ति व्यवस्थापन गर्नुपर्ने भार संस्थाहरुलाई छ ।
व्यवस्थापन प्रमुख कवि न्यौपाने भन्छन्, ‘तर, मिरा इआरपी सफ्टवेयर चलाउनमात्र सिके पुग्छ, बाँकी व्यवस्थापन निर्माण कम्पनी नियोसीस टेक्नोलोजी आफैले गर्छ । संचालनका लागि सहकारी संस्थाका कर्मचारीहरुलाई आवश्यक तालिम दिन्छ । क्लाउड म्यानेजमेन्ट नियोसिसले नै गरिदिएको छ । संस्थाहरुको नितान्त कम्प्युटर हार्डवेयर बाहेक अरु समस्याहरु नियोसिसले नै समाधान गरिदिन्छ ।’
संस्थाहरुले आफ्नो ठाउँबाटै हाम्रो सफ्टवेयरमा माइग्रेसन गर्ने तथा सेवा लिन सक्ने गरी व्यवस्थापन गरेको नियोसिसको दाबी छ । यसबाट संस्थाहरुको पनि समय बचत हुन्छ र कम्पनीले पनि फिल्डमा नपुगी सेवा दिन सक्छ । यो दुबैका लागि ‘विन-विन सिचुएशन’ हो ।
नियोसिकका प्रमुख प्रविधि अधिकृत तिवारी भन्छन्, ‘वास्तवमा यो सफ्टवेयरमा काम गर्न धेरै सजिलो छ । अरु सफ्टवेयरमा देखिएका कमजोरीबाट सिक्दै हामीले निर्माण गरेका हौं र अद्यावधिक गरेका छौं ।’ विषेश गरी सहकारीका प्रयोगकर्तालाई नै केन्द्रीत गरी यसलाई युजर फ्रेन्डली’ बनाएको उनले बताए । ‘इन्ट्री गर्ने कर्मचारीहरुलाई सुरु सुरुमा असहज लाग्न सक्छ, ’उनले थपे, ‘केही दिन चलाएपछि नै एकदमै सहज र सरल लाग्छ यो । हामीले यस्तै प्रतिक्रिया पाएका छौं । यसबाट हामी निक्कै उत्साहित छौं ।’
सहकारी संस्थाहरुले यो सफ्टवेयर प्रयोग गर्न चाहेको खण्डमा डेटा माइग्रेसनबाट काम थालनी हुन्छ । माइग्रेसनपछि त्यसको क्रस चेक र भेरिफिकेशन हुन्छ । डेटा ठिक भएपछि यसको प्रयोग सुरु हुन्छ । तालिम उपलब्ध गराइन्छ र निरन्तर प्राविधिक सहयोग उपलब्ध गराइन्छ ।
न्यौपाने भन्छन्, ‘हामीसँग डेटा माइग्रेसनका लागि ५ जनाको टिम छ । संस्थाहरुलाई तालिम दिनका लागि छुट्टै विभाग छ । त्यसले संस्थाहरुको आवश्यत्तकता अनुसार नियमित अनलाइन तालिम चलाइरहेको छ । सर्पोटका लागि १० जना कर्मचारी छौं । हामीलाई ‘मिस्डकल’ आएको १४ मिनेटभित्र ‘कलब्याक’ गर्छौ । संस्थाहरुको आवश्यक्ता अनुसार ७ दिन २४ सै घण्टा सपोर्ट सर्भिस उपलब्ध छ ।’
यस्तै, नेफ्स्कून र जिल्ला बचत तथा ऋण सहकारी संघहरुको साझेदारीमा देशैभर अभिमुखीकरण कार्यक्रम पनि भएका छन् । यो निरन्तर चलिनैरहेको छ । नेफ्स्कून महासचिव अधिकारीले यसबीच सातै प्रदेश घुमेर मिरा इआरपीको बारेमा अभिमुखीकरण, अपेक्षा तथा सुझा संकलन, स्थानीय अगुवासहकारीकर्मीहरुसँग अनौपचारिक छलफल आदि गरेका छन् । अन्य सञ्चालकहरु पनि प्रादेशिक कार्यक्रममा जोडिए भने स्थानीय नियामक निकायका प्रतिनिधिहरुबाट पनि फिड्ब्याक प्राप्त गरेकाे उनले बताए ।
‘यो प्रादेशिक दौडाइले मलाई सहकारी अभियानको साझा प्रविधि कस्तो हुनुपर्छ र त्यसको समूल समाधानका लागि मिरा इआरपीमा के कस्तो अद्यावधिक गर्नुपर्छ भन्ने निष्कर्ष उपलब्ध गरायो, अधिकारीले भने, ‘यही निष्कर्ष सञ्चालक समितिको बैठकमा र नियोसिससँगको छलफलमा राखेर मोड्युलेशनको काम भएको छ । हामी अझ परिपक्व बनेका छौं ।’
उनले प्राविधिक पाटोको जिम्मा मीरा र नियोसिस टक्नोलोजीले लिदाँ संस्थाहरुलाई आफ्नो मुख्य व्यवसायमा मात्र केन्द्रीत हुने समय बढेको र अरु झन्झट टरेको दाबी गरे ।
उनले भने, ‘यसमार्फत वित्तीय सहकारीका लागि आवश्यक सम्पूर्ण प्राविधिक सेवाका साथै सहकारीहरुको नेटवर्क म्यानेटमेन्ट तथा अफलाईन मनिटरिङ गर्ने उद्देश्यका साथ काम भइरहेको छ । त्यसैले हामीले मीरा इआरपी सहकारीलाई आवश्यक प्रविधिको रुपमा वान स्टप सोलुसन भन्दै आएका छौं ।’
संस्थाहरु कस्तो चाहन्छन् मिरा इआरपी ?
साकोस मात्रै नभई बहुउद्देश्यीय सहकारी संस्थाहरुले पनि मिरा इआरपी प्रयोग गर्दै आएको छ । नेफ्स्कूनप्रतिको विश्वास र भरोषा कै कारण मिरा सफ्टवेर प्रयोग गर्न सुरु गरेको श्री रतनदेवी बहुउद्देश्यीय सहकारी संस्था, काभ्रेका व्यवस्थापक राजकुमार खत्री बताउँछन् ।
बजारमा धेरै वटा सफ्टवेर बुझेको र अन्यको तुलनामा मिरा प्रभावकारी, चलाउन पनि सहज, मूल्यको हिसाबले कम, इडिट गर्न नमिल्लने लगायतका कारण मिरा रोजेको उनको भनाई छ । हालसम्म सर्पोट पनि राम्रो पाईरहेको खत्रीको भनाई छ । मिरामा समावेश हुने मोड्युलहरुबाट समेत प्रभावित बनेको उनको भनाई छ ।
हालसम्म मिरा राम्रै लागेको अनुभव भिमेश्वर बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक सुनमाया थानी सुनाउँछिन् । उनी भन्छन्, ‘नबुझेको, नजानेको कुराहरु अनलाइनबाटै सिकाइदिनुहुन्छ । तालिमको माग गरेका छौं ।’
कसरी हुँदैछ सेवा विस्तार ?
हाल ‘मिरा इआरपी’ सफ्टवेयर २८४ सहकारी संस्थाहरुले चलाइरहेका छन् । अहिलेसम्म मीराको सेवा ५७ जिल्लामा विस्तार भइसकेको छ । क्रमशः सेवाग्राही संस्थाहरु बढ्दै गएको उसले दाबी गरेको छ ।
चालु आर्थिक वर्षभित्र एक हजार सदस्य बनाउने लक्ष्य नियोसिसले लिएको छ । नियोसिसका व्यवस्थापन प्रमुख न्यौपाने भन्छन्, ‘यही रफ्तारले जाने हो भने हामी हाम्रो यो वर्षको लक्ष्यभन्दा निक्कै धेरै उपलब्धि हासिल गर्छौं । अघिल्लो आर्थिक वर्षबाट ग्राफले उकालो बाटो समातेको नियोसिसको दाबी छ । ‘हाम्रो ग्रोथको ग्राफ पनि इन्क्रिजिङ अर्डर मा छ । अघिल्लो वर्ष सबैभन्दा राम्रो देखिएको थियो अबको वर्षको ग्राफ त्यो भन्दा निक्कै माथि उक्नलेमा हामी विश्वस्त छौं’ उनले भने ।
नेफ्स्कूनको रणनीतिक मार्गचित्रले के भन्छ ?
नयाँ आर्थिक वर्ष शुरु भएसँगै नेफ्स्कूनले आफ्नो ४ वर्षे रणनीतिक मार्गचित्र सार्वजनिक गरेको छ । यो रणनीतिक मार्गचित्र अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको नयाँ सञ्चालक समितिले पूर्ण अपनत्व लिएको रणनीतिक दिशा हो र यो पूर्ण कार्यान्वयन गरी उपलब्धिहरु हासिल गर्ने र संस्थागत गर्ने जिम्मा पनि यसैको हो । अर्थात् जस अपसजको भागेदार सबै यही सञ्चालक समिति ।
यसकारण, कुनै ‘इफ्’ र ‘बट्’ को गुञ्जायस छैन यसमा । त्यसकारण पनि नेफ्स्कूनको छैठौं रणनीतिक व्यावसायिक योजना (२०८१/८२–२०८४/८५) मार्गचित्र बिशेष महत्वको छ । मुलुकभरकै बचत तथा ऋण सहकारी अभिायनको रणनीतिक मार्गचित्र मानिएको उक्त योजनामा प्रविधिलाई विशेष प्राथमिकता दिइएको छ ।
संघका महासचिव अधिकारी भन्छन्, ‘प्रविधि हाम्रो पहिलो प्राथमिकता हो । पहिलो प्रायोरिटी हो । जसका लागि हामीले सञ्जाल साझेदारी (सञ्जाल व्यवस्थापन) भनेका छौं । एकीकृत प्रविधिका माध्यमबाट नै सञ्जाल साझेदारीलाई गहिरो र फराकिलो बनाउन सकिन्छ । यसले साकोस अभियानमा एकरुपता झल्कन्छ ।’
नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाका अनुसार सन् २०१३ मा नेपालमा सम्पन्न ओकू फोरममा क्यानेडियन बचत ऋण सहकारी अभियन्ताले एकीकृत साकोस सञ्जालका विषयमा प्रस्तुतिकरण गरेपछि नै त्यसका लागि एकीकृत प्रविधि आवश्यकता हुने बोध संघलाई भएको हो ।
उनले भने, ‘हाम्रो छैठौं रणनीतिक योजना महत्वाकांक्षी भन्दा व्यावहारिक र वस्तुगत छ । समग्र साकोस अभियानको वित्तीय स्वास्थ्यलाई विशेष ध्यानमा राखेर निर्माण गरिएको छ । सदस्य संघ संस्थाहरुको वृद्धि र विकास, नीतिगत एकरुपता र प्रविधिलाई प्राथमिकतामा राखी एकीकृत साकोस सञ्जाल गरी ३ वटा विषयलाई रणनीतिक योजनाले प्रधानमा राखेको छ ।’
यसरी जन्मियो मिरा !
एक दशक बढी भयो होला । बचत तथा ऋण सहकारीहरुलाई वास्तवमै प्रतिस्पर्धी, विश्वसनीय र ‘मिसिङ जेनेरेशन’ (छुटेको पुस्ता) को रोजाइ अनि खोजाइको वित्तीय सेवा प्रदायक संस्था बनाउने हो भने डिजिटाइजेशन पहिलो अस्त्र हुने चुरो कुरो साकोसहरुको केन्द्रीय अभिभावक नेफ्स्कूनले बुझेको । धेरै वर्षअघि सुक्ष्म सोचाइको रुपमा रहँदै आएको प्रविधिकरणको आवाजको घनत्व १ दशक अघि मात्र बढेको हो ।
नेफ्स्कून जब सन् १९९३ मा एशियाली ऋण महासंघ (अकू) को सदस्य बन्यो तब उसले नेपालका साकोसहरुलाई पनि एशियाली मुलुकका ठूलो सदस्य संख्या, सबै तह र तप्काका व्यक्तिहरुको सहभागिता भएको विश्वसनीय र वित्तीय रुपमा सबल क्रेडिट युनियनहरु जस्तै बनाउने हो भने सञ्जालीकृत एवम् एकीकृत प्रविधि (सेयर्ड नेटवर्क) को विकासबाहेकको विकल्प छैन भन्ने बुझ्यो ।
अकूले दक्षिण कोरिया, फिलिपिन्स, इन्डोनेसिया र थाइल्याण्ड जस्ता मुलुकमा भएको क्रेडिट युनियन डिजिटाइजेशनबारे नेफ्स्कूनलाई बारम्बार पढाइरहन्थो, सुनाइरहन्थ्यो अघि घच्घच्याइरहन्थ्यो । फलस्वरुपः नेफ्स्कून नेतृत्व वृत्त निचोडमा पुग्यो- अब नगए कहिले जाने ? अब नगरे कहिले गर्ने ?
त्यसमाथि जब सन् २०१८ मा नेफ्स्कून विश्व ऋण परिषद्को सदस्य बन्यो त्यसपछि त झन् यो विचारले नेफ्स्कूनमा पक्की घरनै बनायो । एशियाबाट दक्षिण अमेरिका, युरोप लगायत विश्वका अन्य महादेशका विकसित भनाउँदा मुलुकहरुका क्रेडिट युयिननले गरेको सेयर्ड ब्राञ्चेज तथा सेयर्ड एवम् इन्टिग्रेटेड प्रविधिको अभ्यासले नेफ्स्कूनलाई आक्रामक रुपमा अभिप्रेरित गर्यो ।
फलस्वरुपः नेपालको सन्दर्भमा कसरी साकोस अभियानको प्रविधिकरण गर्न सकिन्छ भनेर उसले स्वतन्त्र अध्ययन गरायो र निष्कर्षहरुलाई समेत समेटेर महत्वाकांक्षी तर अत्यावश्यक योजना शुरु गर्यो- मिरा इआरपी (इन्टरप्राइज रिर्सोस प्लानिङ) ।
-3.jpg)
Advertisment