काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।