Below Menu
Below Menu

नेप्से परिसूचक २५ सय बिन्दुमाथि, चौध अर्ब ११ करोडको कारोबार 

नेप्से परिसूचक २५ सय बिन्दुमाथि, चौध अर्ब ११ करोडको कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७५.३३ अंकले बढेर २५६३.४३ बिन्दुमा पुगेको हो । सोमबार नेप्से २.१५ अंकले बढेर २४८८.०९ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २२० कम्पनीको शेयरमूल्य बढेको छ । भने २० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज दुई कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढसँगै कारोबार रकम पनि बढेको छ । आज बजारमा १४ अर्ब ११ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा १३ अर्ब ९१ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज शिवम् सिमेन्ट्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २४ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा बोटलर्स नेपाल बालाजु, समृद्धि फाइनान्स, माण्डु हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट नेपाल र नेपाल वेयर हाउजिङ कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो ।
आज गणपति लघुवित्त वित्तीय कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । 
 

Advertisment

थप समाचार