काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २७.३२ अंकले घटेर २५४६.११ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ७५.३३ अंकले बढेर २५६३.४३ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ४६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज दुई कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकम भने बढेको छ । आज बजारमा १६ अर्ब २० करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा १४ अर्ब ११ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३६ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा बोटलर्स नेपाल बालाजु र एशियन हाइड्रोपावर कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज चिरख्वा हाइड्रोपाजर कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment