Below Menu
Below Menu

एफएनसीसीआईद्वारा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम आयोजना 

एफएनसीसीआईद्वारा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम आयोजना 

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय श्रम संगठनको सहकार्यमा स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक रोजगारदाता तालिम आयोजना गरेको छ ।  

निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक रोजगारदाता तालिम कैलालीको धनगढीमा बुधवार सुरु भएको छ । बुधवार वाट सुरुभएको तालिम तीन दिन सम्म चल्नेछ । अन्तर्राष्ट्रिय श्रम संगठन (सशक्त महिला सम्वृद्ध नेपाल) परियोजना र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौ विच भएको सम्झौता वमोजिम  नेपाल उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेशको आयोजनामा तीन दिने तालिमा सुरु भएको हो ।

निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक रोजगारदाता तालिमको उद्घाटन सत्रको अध्यक्षता नेपाल उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेशको कार्यसमिति सदस्य तथा लम्की उद्योग वाणिज्य संघको अध्यक्ष पदमराज चौलागाईले गरेका थिए । भने कार्यक्रमको प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रिय सदस्य  तथा  महिला उद्यमी विकास समिति संयोजक कमला श्रेष्ठले गरेकी थिइन् ।  

कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराई तथा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गगन देव भट्टको पनि आतिथ्यका रुपमा उपस्थिति रहेको थियो । तीन दिनसम्म संचालन हुने तालिमको उदेश्य र नेपाल उद्योग वाणिज्य महासंघको परिचय सहितको भनाई महासंघका सहायक निर्देशक हरि पौडेलले राखेका थिए । 

तीन दिनसम्म संचालन हुने तालिमको प्रमुख प्रशिक्षकको रुपमा आस्था भट्ट रहने छिन् । 

प्रमुख अतिथिले उदघाटन सत्रमा स्याहार अर्थतन्त्रमा अब सरकार र निजिक्षेत्र गम्भिर भएर यसको आवश्यक कार्यविधि वनाई प्रत्यक्ष आर्थिकमा नजोडिएको तर ठुलो हिस्सा अर्थतन्त्र र आर्थिक क्रियाकलाप संग जोडिएको विषय भएको हुँदा स्याहार अर्थतन्त्रलाई राष्ट्रको विषय बनाउन आवश्यक रहेको र यसलाई सहजिकरण र आवश्यक सहयोग गर्न निजी क्षेत्र तयार रहेको विषय जानकारी गराएका थिए ।

तीन दिनसम्म संचालन हुने उक्त तालिममा सुदुरपश्चिमका उद्योगी व्यवसायी सरकारी तथा गैरसरकारी गरी जम्मा ३० जनाको सहभागिता रहेको छ ।


 

Advertisment

थप समाचार