सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा २४ सयले घट्यो  

सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा २४ सयले घट्यो  

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

थप समाचार