काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३२.०० अंकले बढेर २५६८.११ बिन्दुमा पुगेको हो । बुधबार नेप्से २७.३२ अंकले घटेर २५४६.११ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १४३ कम्पनीको शेयरमूल्य बढेको छ । भने ९६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि कारोबारमा भने सामान्य गिरावट देखिएको छ । आज बजारमा १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा १६ अर्ब २० करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३४ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा उपकार लघुवित्त वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज मितेरी डेभलपमेन्ट बैंकको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment