सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, आज फेरी तोलामा तीन सयले घट्यो 

सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, आज फेरी तोलामा तीन सयले घट्यो 

काठमाडौं : नेपाली बजारमा शुक्रबा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ७३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

थप समाचार