Below Menu
Below Menu

सानिमा जिआईसीको एक लाख २३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

सानिमा जिआईसीको एक लाख २३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं : सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले एक लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरुको नाममा रहेको १ लाख २३ हजार ८ सय ९३ कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरुले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको रजिष्टर्ड कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर के कति दर रेटमा खरिद गर्ने हो सो को व्यहोरा समेत खुलाई निवेदन दिनुपर्नेछ । 

तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदको कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थामा शेयर बिक्री प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ ।

Advertisment

थप समाचार