Below Menu
Below Menu

मौद्रिक नीतिले शेयर बजारलाई मल्हमपट्टी लगाउने छ: राधा पाेखरेल

मौद्रिक नीतिले शेयर बजारलाई मल्हमपट्टी लगाउने छ: राधा पाेखरेल

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले संस्थागत शेयर धितो कर्जामा तोकिएको अधिकतम सीमा खारेज गरेको छ । 

व्यक्तिगततर्फको शेयर धितो कर्जामा मौद्रिक नीतिले केही नयाँ व्यवस्था ल्याएको छैन । 

“मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोडको सीमा खारेज गरिनेछ”, मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने । 

धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्ने अभिप्रायसहित नेपाल राष्ट्र बैंकले हालसम्म ३४ धितोपत्र दलाल कम्पनीलाई सहमति प्रदान गरिसकेको मौद्रिक नीतिमा उल्लेख छ ।

सार्वजनिक मौद्रिक नीतिले शेयर बजारलाई मल्हमपट्टी लगाउने लगानीकर्ताहरुले जनाएका छन् । पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले मौद्रिक नीति उत्साहजनक रहेको बताएकी छिन् ।

उनले सामाजिक सञ्जाल मार्फत भनेकी छिन्, ‘आज सार्वजनिक मौद्रिक नीति साबिकका बर्षहरुको भन्दा उत्साह जनक रहेको पाईयो बिगत ३ बर्ष देखि निरन्तर घटिरहेको सेयर बजारलाई चालु आवको मौद्रिक नीतिले मल्हमपट्टी लगाउने छ भन्नेमा हामी लगानीकर्ता आशावादी रहेका छौ ।’

आज जारी गरेको मौद्रिक नीति व्यक्तिगत कर्जाको सीमा भने यथावत राखी सेयर धितो कर्जामा संस्थाहरूलाई दिइने अधिकतम २० करोडको सीमा खारेज गरेको छ । आज सार्वजनिक मौद्रिक निति साबिकका बर्षहरुको भन्दा उत्साह जनक रहेको पाईयो बिगत ३ बर्ष देखि निरन्तर घटिरहेको सेयर बजारलाई चालु आ. ब. को मौद्रिक नीतिले मल्हमपट्टी लगाउने छ भन्नेमा हामी लगानीकर्ता आशावादी रहेका छौ ।

शुक्रबार सार्वजनिक भएको चालु आज आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति मार्फत केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो । 
 

Advertisment

थप समाचार