काठमाडौं : नेकपा एमाले, सहकारी तथा गरिवी निवारण विभागले सहकारीबाट लिएको कर्जालाई तोकिएको शर्त बन्देजको अधिनमा रहि कारोबार गर्न विशेष निर्देशनका लागि पार्टीलाई आग्रह गरेको छ ।
साउन ९ गते बसेको विभागको बैठकले गरेको निर्णय बमोजिम आज (शुक्रबार) पार्टीका महासचिव शंकर पोखरेललाई गाउँ तहसम्म सर्कुलर जारी गर्न अनुरोध गरेको हो । साथै, पार्टी सदस्यहरु आवद्ध तथा नेतृत्व भएको सहकारी संघ संस्था सहकारी सिद्धान्त, मुल्य, मान्यता र पद्दती अनुसार सुशाशनमा सञ्चालन गर्नका लागि निर्देशन दिन समेत अनुरोध गरेको छ ।
विभागका प्रमुख खगराज अधिकारीले प्रदेश, जिल्ला, महानगर, उपमहानगर, नगर तथा गाउँपालिका तहसम्म यस्तो निर्देशन जारी गर्न महासचिव पोखरेललाई अनुरोध गरेको हो । यसैगरी विभागले प्रदेश, जिल्ला, महानगर, उपमहानगर, नगर तथा गाउँपालिका तहमा तत्काल सहकारी विभागको गठन÷पुनर्गठन गर्न समेत अनुरोध गरेको छ ।
Advertisment