Below Menu
Below Menu

खराब कर्जा घट्दा गुराँस लघुवित्तको नाफामा उछाल, एक वर्षमा कमायो साढे दुई करोड 

खराब कर्जा घट्दा गुराँस लघुवित्तको नाफामा उछाल, एक वर्षमा कमायो साढे दुई करोड 

काठमाडौं : गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार यस अवधिमा लघुवित्तले २ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। 

उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ हजार ४४९.११ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिसम्ममा लघुवित्तले १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस अवधिमा खुद ब्याज आम्दानी बढेका कारण खुद नाफा बढेको हो। यसका साथै संस्थाको खराब कर्जा घट्दा नाफामा उल्लेख्य सुधार भएको हो । 

असार मसान्तसम्म आइपुग्दा लघुवित्तको खुद ब्याज आम्दानी ४७.९४ प्रतिशतले बढेर ८ करोड २८ लाख रुपैयाँ पुगेको भने अन्य सञ्चालन आम्दानी १०२.५३ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ४९‍.७४ प्रतिशत र सञ्चालन मुनाफा एक हजार ४१८.२४ प्रतिशत बढेको छ। 

अघिल्लो आवमा ६.३६ प्रतिशत रहेको संस्थाको खराब कर्जा घटेर २.४६ प्रतिशतमा झरेको छ । यस अवधिमा नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ।

असार मसान्तसम्म लघुवित्तको यस्तो २३.९५ रुपैयाँले बढेर २५.६० रुपैयाँ पुगेको छ। त्यस्तै, लघुवित्तको मूल्य आम्दानी अनुपात ७१.१२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ५२ पैसा रहेको छ।

असार मसान्तसम्म १० करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा चार करोड ७१ लाख रुपैयाँ सञ्चित छ। 

Advertisment

थप समाचार