सुनचाँदीको मूल्य आज फेरी बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य आज फेरी बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

थप समाचार