Below Menu
Below Menu

मौद्रिक नीति सहकारी क्षेत्रका लागि स्वागतयोग्यः महासंघ 

मौद्रिक नीति सहकारी क्षेत्रका लागि स्वागतयोग्यः महासंघ 

काठमाडौं : राष्ट्रिय सहकारी महासंघले नेपाल राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिको स्वागत गरकेो छ । महासंघले एक विज्ञप्ति जारी गर्दै मौद्रिक नीतिले सहकारी क्षेत्रलगायत समग्र अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास लिएको जनाएको हो ।

पहिलो पटक मौद्रिक नीतिमार्फत सहकारी क्षेत्रका चुनौती सम्बोधन हुनुले सहकारी अभियानको मनोबल उच्च बनाएको महासंघको भनाई छ । ‘बचत तथा ऋण सहकारी संस्थाहरूको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै विशिष्टीकृत नियामक निकाय स्थापनामा नेपाल राष्ट्र बैंकले सहजीकरण गर्ने उद्घोषले सहकारीप्रति विश्वासको वातावरण पुर्नस्थापित हुनेअवस्था सिर्जना भएको छ’, जारी विज्ञप्तिमा उल्लेख छ । 

साथै, नियमन तथा सुपरिवेक्षण संयन्त्र निर्माणका लागि आवश्यक कानुन बनाउन सरकारसँग समन्वय गर्ने प्रतिबद्धताको स्वागत गर्दै यस कार्यमा अभियानसंग समेत समन्वयका लागि महासंघले अनुरोध गरेको छ । समस्याग्रस्त सहकारीका संचालक र एकाघरको परिवारका सदस्यको नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा ५ लाखसम्मका सदस्यको बचत रकम फिर्ता गर्न नेपाल सरकारलाई सहजीकरण गर्ने व्यवस्था मौद्रिक नीतिमा समावेश भएको छ । 

यसले समस्याग्रस्त सहकारीका बचतकर्ता सदस्यहरूको बचत फिर्ता सहज रूपमा हुने वातावरण सिर्जना भएको छ । चालु मौद्रिक नीतिले सहकारी क्षेत्रकोआत्मबल बढाउन, समस्या समाधान गर्नर आर्थिक स्थायित्वमा योगदान पु¥याउन महत्वपूर्ण विषय समेटेको महासंघको बुझाई छ । 

यस नीतिले चालु आर्थिक वर्षको बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै महासंघले मौद्रिक नीतिका नीतिगत व्यवस्था पूर्ण कार्यान्वयन हुने अपेक्षा गरेको छ । 

Advertisment

थप समाचार