काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ११३.४२ अंकले बढेर २६८१.५६ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ३२.०० अंकले बढेर २५६८.११ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १४८ कम्पनीको शेयरमूल्य बढेको छ । भने ८७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबारमा पनि सुधार देखिएको छ । आज बजारमा १५ अर्ब ८१ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कुमारी बैंककोे सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३६ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
आज १२१ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ दश कम्पनीको शेयरमूल्य ९ प्रतिश भन्दा बढीले बढेको छ ।
सर्वाधिक मूल्य बढ्नेमा अधिकांश वाणिज्य बैंक र लघुवित्त वित्तीय संस्था रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । ।
आज गणपति लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment