काठमाडौं : एशियन लाइफ इन्स्योरेन्स कम्पनीले करिब पौने ३ लाख कित्ता शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको २ लाख ७१ हजार ४६ कित्ता शेयर विद्यमान संस्थापक शेयरधनी र अन्य सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।
उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ। शेयर खरिदका लागि इच्छुक लगानीकर्ताले १५ दिनभित्र काठमाडौंको मैतीदेवीस्थित कम्पनीको केन्द्रीय कार्यालय आवेदन दिनुपर्नेछ ।
Advertisment